मेरा छेउ नपर भो
जिएकै छु जसोतसो मेरो फिकर नगर भो
मलाई भुल्ने बहानामा तिम्रो गिलास नभर भो ।
संसार नै यस्तै रै’छ सुन्दरतामा रम्न खोज्ने
सुन्दर फूल रोज्नलाई तिमी अझै नपार भो ।
सगरमाथा चढाएर हुत्याइदिने धेरै हुन्छन्
संसार सबै जितेँ भनी भ्रममा तिमी नपर भो ।
हिजो सम्झी रोई बस्ने लाछि दिल छैन मेरो
थाकी होला भन्ने ठानी कुटिल मुस्कान नछर भो ।
काले गए गोरो आउँछ भन्ने गर्छन् बुढापाका
बात लाग्ला फेरि तिमीलाई मेरा छेउ नपर भो ।
लेखकको सम्वन्धमा