February 26, 2024, Monday
२०८० फाल्गुन १५, मंगलवार

यादहरू…

यादहरू घरिघरि आफैसँग प्रश्न सोध्छन्
यादैयादका प्रेममय ती दिनहरूले प्रश्न गर्छन्
नदेखेर पनि मुटुमाझ आउने तिम्रा तस्बिरहरूसँग
प्रेममय जीवनमा बाँचेको छु म तिमीसँग  

अब सक्दिनँ होला म तिमीविना एक्लै जिउन
म आउँदै छु प्रिय तिम्रो समीप एकछिन बसेर हेर्न
साइनो जोडेको छु साथमा हुने छु आशा गर्छु
प्रेममय पलहरू हाँसेर जिउन खोजेको छु 

प्रिय आँखामा हेरी केही कुरा भन न
म आएको छु तिमीसँगै जिउन
म तिम्रा बारेमा सोच्छु तिम्रै बारेमा लेख्छु
फेरि तिमीलाई सम्झेर रोकिएको छु

मलाई कसरी सम्झने गर्छौ
सोची सोची मनले कति मुस्कुराउँछौ
आज फेरि समयले पुराना दिनहरूलाई सम्झायो
जहाँ थियौँ हामी त्यहाँ प्रेमको मुहान थियो

कुनै महँगा उपहारहरू होइन तिमी आए पुग्थ्यो
तिमीलाई देख्दा मेरा ओठहरूमा खुसी छाउँथ्यो
तिम्रा ती नयनहरूमा आफैँलाई खोजिरहन्थे
मनभित्र अनेक कल्पनाहरूले काउकुती लगाएर जान्थे ।