February 10, 2026, Tuesday
२०८२ माघ २७, मंगलवार

गुरुलाई प्रणाम !

जब पहिलो पाइलो राखेँ स्कुलमा 

तब म कागजको खाली पाना जस्तै थिएँ
जिन्दगी त्यतिबेला उजागर भयो
जब यसमा गुरुले बालेको ज्योति
अनि मार्गदर्शन पर्‍यो
कहानी जीवनको यति सुन्दर हने नै थिएन
जीवनमा शिक्षाको ज्योति नपाएको भए
आमा मात्रै होइन; भगवान्‌समान
गुरुको पनि त्यति नै छ योगदान
मानिस जिन्दगीको भवसागरबाट पार हुन्छ
जब ऊ आमाको आशीर्वाद 
र गुरुको अपार ज्ञान पाउँछ
गिलो माटो समान थिएँ म
राम्रो शिक्षा आर्जन गरेर
एउटा असल मानिस बन्नु थियो
गिलो माटोसमान मैले
गुरुहरूबाट नै आकार पाएँ
गुरुले जिउन सिकाए
संसारको महत्त्व बुझाए
सफलताका शिखर चढाए
ज्ञानको भण्डार भरिदिए
सधैँभरि शिरमा आशीर्वाद थपिदिए
जीवनयात्रामा अगडि बढ्नुपर्छ
गुरुलै सधैँभरि अगाडि बढ्न सिकाए
तिनै गुरुलाई आज गर्छु म नमन
मेरा हरसफलतामा छ जसको आशीर्वाद
ती गुरुलाई गर्छु म बारम्बार सलाम 
आफूलाई बिर्सिएर सधैँभरि
विद्यार्थीकै भलाइ चाहने
महान् गुरुलाई हृदयदेखि नै प्रणाम !