May 20, 2024, Monday
२०८१ जेष्ठ ८, मंगलवार

टाढा नराख…

टाढा नराख मलाई हे कान्छी मन मुटुमा राखिसकेँ
तिम्रो पवित्र मायामा मन भुलाइसकेँ
सधैँ सधैँ म तिम्रा बारेमा सोच्छु
यो दिलबाट तिमीलाई सम्झेर बाँचेको छु

जिन्दगीका बाटामा सजिलो तरिकाले हिँड्न सकियोस्
तिमीसँग सधैँजसो हाँसेर बोल्न सकियोस्
म तिम्रो राजा, तिमी मेरी रानी भयौ
सधैँजसो तिमीलाई देखूँ आनन्दमा रमाऔँ

सधैँ मलाई खुसी बनाएर राख्नु तिमीले
विश्वास गर्नु सधैँ नहेर्नु शङ्‍काले
हरपल हरक्षण तिमीलाई नै सम्झूँ
बिपनीमा भेटूँ तिमीलाई सपनीमा देखूँ ।