सेवानिवृत्त राष्ट्रसेवक सङ्घ नेपालको चौथो राष्ट्रिय महाधिवेश
ज्येष्ठ ३, झरना सञ्चार ।
यही ज्येष्ठ १ र २ गते सेवानिवृत्त राष्ट्रसेवक सङ्घ नेपालको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भयो । सङ्घका संयोजक तथा कार्यक्रमका अध्यक्ष वेदनिधि निराला र प्रमुख अतिथि सङ्घीय व्यवस्था तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीद्वारा पानसमा बत्ती बाली कार्यक्रम समुद्घाटन गरियो ।
काठमाडौंको प्रज्ञा भवन कमलादीमा ज्येष्ठ १ गते कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भयो भने २ गते बन्दसत्र सम्पन्न भयो । पेसागत महासङ्घ नेपालका अध्यक्ष प्रेमल कुमार खनालको संयोजकत्वमा गठित आयोजक मण्डलले साङ्गठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्न प्रदेशगत समूह विभाजन गरी व्यापक छलफलसहित पारित गरियो । निवर्तमान संयोजक वेदनिधि निरालाद्वारा प्रस्तुत विधान संशोधन प्रस्ताव छलफलसहित पारित भयो । महाधिवेशनले सेवानिवृत्त राष्ट्रसेवकहरूको सेवा सुविधा वृद्धि, सेना तथा प्रहरीहरूको निवृत्तिभरण वृद्धिलाई नजिर मान्दै ६५ वर्षदेखि प्रारम्भ भई ५/५ वर्षमा १० प्रतिशतका दरले निजामतीलगायत अन्य क्षेत्रका निवृत्तहरूका लागि पनि माग गर्ने, सेवा निवृत्तहरूको स्वास्थ्य उपचार र सार्वजनिक यातायातमा निःशुल्क तथा सहुलियतपूर्ण सेवा उपलब्ध गराउन पहल गर्ने जस्ता कुराहरूको कार्यान्वयका लागि जोडदार माग गर्दै नक्कली भुटानी शरणार्थी प्रकरणका भ्रष्टाचारीहरूमाथि कडा कार्वाही गर्न माग गर्ने, त्यसप्रतिको नागरिक आन्दोलनमा ऐक्यवद्धता प्रकट गर्ने निष्कर्षसहित महाधिवेशनले सङ्घका विभिन्न समयमा दिवङ्गत नेताहरू शङ्कर पोख्रेल, कमलाप्रसाद महासेठ र खेमनाथ अधिकारीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरी विभिन्न समसामयिक प्रस्तावहरू पारित गरियो ।
नयाँ कार्यसमिति चयनका लागि वरिष्ठ अधिवक्ता शङ्कर सुवेदीको संयोजनमा किशोर नेपाली र सीता कुमारी ओझासमेत रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरी सर्वसम्मत ५२ सदस्यीय केन्द्रीय समिति चयन गरियो । उक्त महाधिवेशनको बन्दसत्रमा उपस्थित देशभरका आयोजक तथा प्रतिनिधिहरूको समूहगत छलफलद्वारा निर्वाचित समितिको नामावली यस प्रकार छ:-
१.अध्यक्ष- अर्जुनप्रसाद पौडेल, २. बरिष्ठ उपाध्यक्ष- डा. शशीधर खनाल, ३. महिला उपाध्यक्ष- गौरीदेवी थापा, विभागीय उपाध्यक्षहरू ४. राम शरण थापा, ५. आनन्द पुरी, ६. रामशरण वाग्ले, ७. शिव सुवेदी, ८. दुर्गाबहादुर केसी, ९. लुम्बिनी प्रदेश उपाध्यक्ष- खड्गराज अर्याल, १०. मधेश प्रदेश उपाध्यक्ष- शोभितलान यादव, ११ सुदुर पश्चिम उपाध्यक्ष- सिंहराज पाण्डे, १२. गण्डकी प्रदेश उपाध्यक्ष- गुमानसिंह थापा क्षेत्री, १३. कोशी प्रदेश उपाध्य- गायत्री प्रसाद गुरागाईं, १४. बागमती प्रदेश उपाध्यक्ष- यादवप्रसाद गजुरेल, १५. कर्णाली प्रदेश उपाध्यक्ष- लोकानन्द गौतम, १६. उपत्यका प्रदेश उपाध्यक्ष- डा. लछी सिंह, १७. महासचिव- वासुदेव अधिकारी ।
उपमहासचिवहरू : १८. भारती घिमिरे, १९. निर्माणकुमार पोखेल, २०. ठाकुरप्रसाद खकुरेल, २१. सचिव निजामती- कालीदास पोख्रेल, २२. सचिव शिक्ष- रत्नप्रसाद धमला, २३. सचिव वित्तीय- मुक्तिनाथ सुवेदी, २४. सचिव सेवा- राजनप्रसाद उप्रेती, २५. सचिव महिला- पम्फा भुजेल, २६. सचिव महिला- उर्मिला खनाल, २७. सचिव खुला- विष्णु प्रसाद पौडेल, २८ कोषाध्यक्ष- जमुना श्रेष्ठ खत्री, २९. सहकोषाध्यक्ष- राजभाइ जयना, ३०. सदस्य महिला- यशोदा मिश्र, ३१. सदस्य महिला- सरोज कुमारी झा, ३२. सदस्य कोशी- शङ्कर कुमार कार्की, ३३. सदस्य कोशी- एकराज शर्मा, ३४. सदस्य बागमती- नारायणबहादुर गुरुङ, ३५. सदस्य वागमती- बेदबहादुर खाँड, ३६ सदस्य वागमती- शिवराज खड्का, ३७. सदस्य गण्डकी- लेखनाथ पोख्रेल, ३८. सदस्य गण्डकी- खेम नारायण पनेरु, ३९. सदस्य लुम्बिनी- नारायणप्रसाद शर्मा, ४०. सदस्य लुम्बिनी- रूद्रलाल उपाध्याय, ४१. सदस्य कर्णाली- देवबहादुर मल्ल, ४२. सदस्य कर्णाली- धनराम बुढाथोकी, ४३ सदस्य उपत्यका- शारदा नेपाल, ४४. सदस्य उपत्यका- तेजप्रसाद पोखेल, ४५. सदस्य उपत्यका- ध्रुवप्रसाद रिसाल, ४६. सुदुर पश्चिम सदस्य- कर्णवहादुर सिंह, ४७. सदस्य जनजाती- रामगोपाल श्रेष्ठ, ४८. सदस्य पिछडावर्ग- जयबहादुर कठायत, ४९. सदस्य खुला- कारसाङ्ग तेम्बा तामाङ, ५०. सदस्य खुल्ला- निगमकुमार कोइराला, ५१. सदस्य खुल्ला- सुदामा शर्मा, ५२. सदस्य खुल्ला- पीताम्बर सापकोटा ।
प्रतिकृया दिनुहोस्