चैत्र मास : मधुमासको वर्णन
हरायाे शीतकाे वर्षा आयाे है हावाहुन्डरी
‘भीमकाे बाबु हुँ’ भन्दै गर्न लगेछ मनपरी
उघारी हेर्दछ दैलाे भत्काउँछ धुरी नै पनि
रुखका पात झार्दछ भाँच्छ हाँगा जानी जानी ।।
आगाेदेखि हाेसियार ! नभए उत्पात गर्दछु
थाहै नपाई एकैछिनमा मुलुकैभरि सर्दछु
जल्छन् सबै मेरै भरमा बाबु हुँ हनुमानकाे
लङ्का जलाई कसरी जित गरेथेँ रामकाे !
वसन्त भनी जान है न्याउली बास्छन् कसाे गरी
चरा बचरा देखापर्न लागेका छन् थरीथरी
सुकेको छ सबै सुख्खा पानी छैन कतै पनि
पशु पन्छीहरू धाउँछन् पानी भेटिन्छ कि भनी ।।
यस्तै यस्तै गरी आधा वसन्त पनि भाग्दछ
आधा वसन्त त फेरि वैशाख महिना लाग्दछ
वैशाख महिनकाे गुणगान वैशाखमै गरूँ भनी
हात जाेडी नमन गर्दै बन्द गर्छु कलम पनि ।।
लेखकको सम्वन्धमा