सात कृति लोकार्पण

चैत्र ४, शनिवार झरना सञ्चार
बालसाहित्यकार डा. सीता सुवेदी पन्थीद्वारा लिखित सातवटा कृतिको लोकार्पण समारोह साहित्यकार: छायादत्त न्यौपानेको अध्यक्षता र प्रा०डा० हेमनाथ पौडेलको प्रमुख आतिथ्यमा पद्मोदय मा.वि. भृकुटी मण्डपमा सम्पन्न भयो।


जितेन्द्र रसिकद्वारा सञ्चालित समारोहमा हरिभक्त पौडेलद्वारा स्वागत गरिएको थियो भने प्रमुख अतिथिद्वारा पानसमा वत्ती बाली समारोहको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा विमोचन गरिएका पाँचवटा बाल साहित्य- ‘मध्ये मयूर साथी र ‘ढुकुर कुर कुर’ समालोचक गोपीकृष्ण ढुङ्गानाद्वारा समीक्षा गरियो भने ‘कति राम्रो जुनकिरी’ र ‘स्यावास बाबु’ हरि खनालद्वारा समीक्षा गरिएको थियो । यसरी नै मेरो नेपाल ‘सचित्र कविता सङ्ग्रह ध्रुवकुमार घिमिरेद्वारा समीक्षा गरियो ।


उहाँका दुई कृति ‘छन्द मालिका’ कविता सङ्ग्रह र ‘मातापिता’ खण्डकाव्य क्रमश: डा. रमेश शुभेच्छुक र डा. लेखप्रसाद निरौलाले समीक्षा गर्नुभयो ।


यसै क्रममा कवि कमला भट्टराई र कल्पना काफ्लेद्वारा ‘छन्दमालिका’ कविता सङ्ग्रहका एक/एक वटा कविता वाचन गरिए । यसै गरी खण्डकाव्य ‘मातापिता’ बाट एउटा कविता कवि सविता वरालद्वारा वाचन गरियो।



कार्यक्रममा प्रमोद प्रधान, रामप्रसाद ज्ञवालीलगायतका साहित्यकारहरूले शुभकामना मन्तव्य प्रकट गर्नुभयो ।


लेखक डा० सीता सुवेदी पन्थीले आफ्ना प्रकाशित कृतिहरूको औचित्यमाथि प्रकाश पार्दै पुस्तक लोकार्पण समारोहमा उपास्थित प्रमुख अतिथि, अतिथि एवम् कवि तथा साहित्यकारहरुलाई सम्बोधन गर्दै आफूलाई साहित्यप्रति उत्साहित र उत्प्रेरित गर्नुहुने सम्पूर्णलाई सम्मान तथा आदर प्रकट गर्दै धन्यवाद दिनुभयो ।






अतिथि प्रा.डा. हेमनाथ पौडेलद्वारा ‘उद्घाटन मन्तव्यसहित लेखक डा. सुवेदी पन्थीलाई धन्यवाद दिँदै अझै परिस्कृत साहित्य सिर्जनामा उत्प्रेरणा प्रदान गरियो। समारोहको अन्त्यमा अध्यक्षद्वारा सवै उपस्थित कवि तथा साहित्यकार सञ्चारकर्मीलगायतलाई धन्यवाद दिँदै लोकार्पण समारोह समापन गरियो ।
प्रतिकृया दिनुहोस्