July 29, 2026, Wednesday
२०८३ श्रावण १३, बुधबार

यो मनले तिमीलाई…

यो मनले तिमीलाई प्यार गरेको छु
तिम्रा लागि दिलको ढोका खुल्ला राखेको छु

आएर भेट्ने गर है मलाई तिमीले
दिलबाट नै माया गरेको छु मैले
म तिम्रो दिलको मान्छे हुँ
तिमीबिना दिन बिताउन गाह्रो मानेको छु 

जो छु आज म तिम्रै देन हो
मसँग मिलेर जीवन जिउने हो
मेरो नजिक आएर बोल्ने गर 
मसँग मिलेर जीवन जिउने गर ।