युद्ध

त्रिलोक यादव
प्रसादी एकेडेमी
मेरा रहर र सपनाहरू
अनि मेरा बाध्यता र जिम्मेवारीहरू
भित्रभित्रै युद्ध चलिरहेको छ
रहर र सपनाले गर्दा-
मैले संसारसँगै आफ्नालाई समेत भुलेको थिएँ
बाध्यता र जिम्मेवारीले गर्दा
मैले आफैँलाई समेत भुलेको छु
यस युद्धमा म के गरूँ ?
बोलूँ कि नबोलूँ ?
हाँसूँ कि नहासूँ ?
सोच्दासोच्दै निःशब्द छु
आखिर म मुटु रोजूँ कि धड्कन ?
लाग्छ यस युद्धले मलाई
जिउँदै मसानमा पुर्याउँछ
कहिलेकहीँ लाग्छ
यो युद्ध देखेर
भगवान् पनि हैरान भइसके
तर, मैले आशा मारेकै छैनँ
हिम्मत हारेकै छैनँ
किनभने
मेरो हार
मेरो परिवारको हार हो
मेरा आफन्तको हार हो
डर पनि मसँग डराओस् अब
हार पनि मबाट टाढा भागोस् अब
मलाई थाहा छ-
युद्ध त मैले नै लड्नु छ
बाँकी सब ज्ञान दिने न हुन्
उपदेश दिने न हुन्
साथ दिने त होइनन् ।
लेखकको सम्वन्धमा