तिहार
पुष्पा बस्नेत
कक्षा : ७
श्री मनोहरा आधारभूत विद्यालय
फूलहरू फुली गाउँघरमा
ढकमक्क भयो होला
त्यो फूलको वासनाले
मन मगमग भयो होला ।
असोज गई कात्तिक
मैना लागिसक्यो
दसैँ भन्दाभन्दै
तिहार आइसक्यो ।
तिहार पनि आइगयो
देउसी भैलो भन्दै
दुःख पीडा सबै भुलूँ
सेलरोटी गन्दै ।
सात रङ्गी टीका लाउँछन्
दाजुभाइ हुनेले तिहारैमा
मखमली र सयपत्री फूलको
माला लाउँछन् तिहारैमा ।
दसैँ गएर हो कि तिहार
आएर हो गाउँघरै रमाइलो
चाडबाडमा सधैँभरि
हुन्छ मनै रमाइलो ।
यो सालको तिहारमा
गाइन्छ, नाचिन्छ रमाउँदै
आउँदो साल त थाहा छैन
सबै जना मरिन्छ कि बाँचिन्छ ।
लेखकको सम्वन्धमा