July 10, 2025, Thursday
२०८२ असार २६, बिहीबार

मोतिराम

सजना पाण्डे
कक्षा : ९
निहारिका शिशुकुञ्‍ज माध्यमिक विद्यालय


हे मोतिराम तिमी 
राष्ट्रका कवि
बनाई यहाँ 
प्रख्यात र छवि ।।

हेरेर सारा संसारलाई 
चिनायौ तिमीले नेपाललाई 
बुझेर मनका व्यथाहरू
सुनायौ यहाँ गजल कथाहरू ।।

छरेर ज्ञान गजल विधामा
बनेछौ तिमी असल सुदामा
बालेर बत्ती त्यो भित्री ज्ञानको
पोख्यौ व्यथाहरू त्यो भित्री मनको।।

दिएर योगदान मेरो देशलाई 
गयौ छाडेर चिटिक्कै बनाई 
कहिले प्रेमका दुःखका कविता
सुनाई जान्थ्यौ अनेकौ मसित।।

फुराई गजल समाजमा
सुनाई जान्थ्यौ आई साँझमा
भुलाई उनका व्यथाहरू 
सम्झन्छु तिमीलाई भन म क्या गरुँ ।।

राखेर तिम्रो प्रेम यो चोखो मनमा 
गुन्जाइरहन्छु गजल वनमा
बुझाई यहाँ त्यो तिम्रो चरित्र
सम्झन्छु हमेसा मोतिराम मित्र
सजाउँछु तिमईलाई चित्र विचित्र
सम्झन्छु हमेसा मोतिराम मित्र ।।