बालअधिकार !

कक्षा : ७
मनोहरा आधारभूत विद्यालय
‘बाल’ र ‘अधिकार’ छुट्टाछुट्टै
शब्द मिलेर बनेको
‘बाल’ को अर्थ ‘नानीबाबु’
‘अधिकार’ को अर्थ ‘हक’ भनेको ।
अर्थका हिसाबले ‘बालकले
पाउनु पर्ने हक अधिकार’
बालबालिका भविष्यका कर्णधार
हुन् भन्ने कुरा अब प्रस्ट पार ।
कपी र कलम चाहियो सबैको हात हातमा
धारिला हतियार हैन कसैको हातमा
नेताज्यूलाई आग्रह गरेँ मैले
साथमा चाहियो बालअधिकार ।
कसैले भाषण गरेर होइन
यथार्थमा चाहिन्छ बालअधिकार
जीवन त दियौ हामीलाई तर दिएनौ अधिकार
विन्ती गर्छु नबनाऊ कसैको जीवन धिक्कार !
यस्तै कारणले बालबालिकाहरू
हुने गर्छन् कसैको हातबाट सिकार
पाउनुपर्छ सबै बालबालिकाले बालअधिकार
विशेष गरी पढ्ने लेख्ने सपना बनाउनु छ साकार ।
यदि बालअधिकारबाट बञ्चित
भएर बाँच्नुपर्यो भने कोही पनि
बालअधिकार पाउनका लागि सबैले
प्रचार प्रसार गर्ने छौं फेरि पनि ।
लेखकको सम्वन्धमा