विद्यार्थी जीवन र अनुशासन

कक्षा : ७
काव्य स्कुल
विद्यार्थी हुँ सोच्नुपर्छ मैले धेरै कुरा
मेरा इच्छा अभिभावक गर्नुहुन्छ पूरा
म को हुँ ? र, के हो मैले गर्नुपर्ने काम ?
स्कुल र बा आमाको राख्नलाई नाम ।
अनुशासन, गुरुभक्ति मैले बुझ्नुपर्छ
जननी र जन्मभूमि मैले चिन्नुपर्छ
नेपाल र नेपालीको राख्नुपर्छ नाम
मेरो देश बनाउन गर्नुपर्छ काम ।
अनुशासित भई मैले धेरै पढ्नुपर्छ
मैले मेरो भविष्यलाई आजै सोच्नुपर्छ
ठुलालाई मान गर्ने सानालाई माया
विद्यार्थीको कर्तव्य हो खेल्नु समयमा ।
विद्यार्थी हौँ कलिला छौँ काँचो माटो अनि
जे बनायो त्यही बन्छौं बाँस तामा पनि
छोड्नुपर्छ, विद्यार्थीले नराम्रा ती बानी
धेरै गर्नुभएको छ हामीलाई लगानी ।
विद्यार्थी यो जीवन फेरि फर्की आउने छैन
ऐले दुःख गरी पढौं पछि गरौँ चैन
ठुलालाई मान गरौं, माया सानालाई
नबिर्सौँ है कैल्यै पनि परोपकारलाई ।
लेखकको सम्वन्धमा