Epaper
Contact Us
January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
आखिर कैलेसम्म ?
सेलिया श्रेष्ठ / Seliya Shrestha
२०७९ श्रावण ६
450 views
कैलेसम्म ?
आखिर कैलेसम्म ?
लुछेर एक चोक्टा मासु
चिथोरेर कोमल छाला
गाडेर पुरुषत्वको नङ्ग्रा
देखाएर समाजको यो हैकम
कैलेसम्म नङ्ग्याउँछस् ओ मान्छे !
आफैँले आफैँलाई
आखिर कैलेसम्म ?
दाइजोका नाममा कुटिने हामी
उखुबारीका डिलमा लुटिने हामी
घाँस, दाउरा, मेलापातमा जोतिने हामी
चुलोचौको, पानी, पँधेरीमा जोतिने हामी
भनिदे ओ कालो सत्ता
! आखिर कहिलेसम्म ?
यसरी बारम्बार तेरो दासी बनिरहेने हामी ?
महिमावारीमा गोठको पर छाउपडीमा बास
पेटभित्र सधैँ छोराकै आश
एसिडको जलनमा नारी
बोक्सी होस् या वेश्या देख्छस् हाम्रै जिम्मेवारी
विभेद नदेख्ने तेरो अन्धो कानुन
सानी बालिकाको मन पर्ने तँलाई नै खुन
आखिर कैलेसम्म गर्छस् चुपचाप चुपचाप दमन ए पुरुष !
लेखकको सम्वन्धमा
सेलिया श्रेष्ठ / Seliya Shrestha
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
सन्दिग्ध
गजल
छन्दका कुरा
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
पहाड
धेरै पढिएको
गजल
२०८१ माघ ४
छन्दका कुरा
२०८१ माघ २
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
२०८१ माघ १
पहाड
२०८१ पुष २६
सन्दिग्ध
२०८१ माघ ६
लेखकको सम्वन्धमा