Epaper
Contact Us
January 14, 2025, Tuesday
२०८१ माघ १, मंगलवार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
बुझौँ नारीलाई
जानुकादेवी ढुंगेल
२०७८ फाल्गुन २३
734 views
कुनै शास्त्रले मान्दछ नारीलाई पशुसरी
अरू कुरा त राम्रै छन् पढनु तर कसोगरी।
महाँभारत भन्छ नारीलाई त पुजनु
सभामा द्रौपदी नङ्ग्याए कसरी कुरा बुजनु ।।
रामायण पढेँ, नारी त्यहाँ नि दुखि नै पाएँ
रिसाए लक्ष्मण, सुर्पनखाको नाक कटाए।
हर्दछ रावण सीता, नारी कसरी जोगियून ?
पवित्र छु आफू भन्न कति आगोमा होमियून ?
मात्री सत्ता पनि थियो भन्ने सुनिन्छ काहीँ कुरा
मनुस्मृतिमा मनुले बिगारे नीति त पूरा।
त्यही नीति चलिआयो आजका दिनमा पनि
आजकालका कुरा गर्छु लेख्तछु त्यसैले अनि।।
उत्तिकै छैन किन हो तराजु तलमाथि छ
नारी नारी पनि हेरौं सबै ठाउँ नानाभाँती छ।
ग्रन्थहरू पनि पढ्दा जे पायो त्यही देखियो
बुझेन चित्त ता मेरो त्यसैले आज लेखियो।।
तराजु बराबरी पारी न्यायलयले देखाए पनि
बरबरी भएका ठाउँ देखिनँ महिले अनि।
राष्ट्रपति नारी नै छिन् लेखी भन्ने होला किन
हत्या हिंसा बलत्कार सुनिन्छ अति दिनदिन ।।
न्याय खोजेर रुँदै छिन् निहारिका राजपुत पनि
दुधे बालक छ काखमा अविवाहित आमा हुन् तिनी।
अबोध बालक हो त्यो उसको छ र केको दोष ?
अन्याय परेको देख्छु पूर्व पश्चिम जता त होस्।
लेखिएका अधिकार सबै कागजमा रहे
कसरी बाँच्या छन् नारी बुझिन्छ घर घर गए।
हजारौंमा कुनै एक होलान् नारी पनि खराब
राम्रो गर्नेलाई पछार्छन् यहाँ छ सतिको सराप।।
लेखकको सम्वन्धमा
जानुकादेवी ढुंगेल
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
पहाड
ग्रिष्मा महर्जनको चित्रकला
दिलको कुरा हो …
मेरा जीवनको लक्ष्य
योङ्ग पिकासोका दुई कार्यक्रम सम्पन्न
धेरै पढिएको
ग्रिष्मा महर्जनको चित्रकला
२०८१ पुष २५
पहाड
२०८१ पुष २६
लेखकको सम्वन्धमा