चार मुक्तक

जब तिम्रो याद आउँथ्यो तस्बिर तिम्रो छुन्थेँ
कहिले भिडमा त कहिले एकान्तमा रुन्थेँ
मलाई गरिब भनी हिजो छोडेर जाने तिमी
मेरा दुख बिक्थे भने तिमीभन्दा धनी हुन्थेँ।
मुक्तक २
तिमीलाई सम्झी हरदिन रुन्छु आँसु झर्दैन
आत्मा पहिल्यै मरिसक्यो यो शरीर मर्दैन
हरेक साँझ बोल्छु भन्ने तिमी आजकल बोल्दिनौ
बोल्न मन लाग्दैन कि तिम्रो सहरमा साँझ पर्दैन।
मुक्तक ३
गर्दै नगरेको अपराधको मलाई सजाय तोकियो
गन्तव्यमा पुग्न नपाई यात्रा बिचमै रोकियो
तिमीसँग बहस गर्ने हिम्मत छैन ममा
तिमी सही म गलत कुरै सकियो ।
मुक्तक ४
शिखर चुम्ने लक्ष्य राखी पाइला अघि सार्नु
चोट दिन्छ दुनियाले तिमी हिम्मत नहार्नु
पाएको त गुमाएर मुस्कुराउँदै हिँडेको छु
चाहेको कुरा नपाउँदैमा केको आँसु झार्नु !
लेखकको सम्वन्धमा