Epaper
Contact Us
December 9, 2024, Monday
२०८१ मंसिर २४, सोमबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
लेख
एमसिसी (मिलिनियम च्यालेन्ज कर्पोरेसन)
समिरन चालिसे
२०७८ फाल्गुन १७
608 views
समिरन चालिसे
पाठशाला नेपाल फाउन्डेसन
बागडोल, ललितपुर
विश्व शताब्दी विकासको परिकल्पना एमसिसी भनेको मिलिनियम च्यालेन्ज कर्पोरेसन हो । यो स्वतन्त्र स्वायत्त अमेरिकी सहायता हो जसले गरिबी बिरुद्ध लड्न सहयोग गर्छ । यो परियोजना अल्प विकसित देशहरूमा सुशासन, आर्थिक स्वतन्त्रतासहितको समृद्धिको लागि ल्याइएको हो । अब भनौेँ यो एमसिसी कसरी गलत छ ? अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पालामा एमसिसी परियोजना नेपालमा ल्याइएको थियो । एमसिसी परियोजना नेपालमा पास भएपछि नेपाललाई ५५ अर्बको सहयोग आउने छ । एमसिसी परियोजनाबाट आउने ५५ अर्बको सहयोग सडक विस्तार तथा बिजुलीमा लगानी हुने छ ।
अमेरिकाले सिरिया, इराक, अफगानिस्तान माथि गरेको आक्रमणसँग यो एमसिसी परियोजनालाई जोडेर हेर्ने गरिन्छ तर बेलायती उपनिवेश रहँदै खेरदेखि स्वतन्त्र रहेको नेपालमाथि संयुक्त राष्ट्रसङ्घ लगायत विश्वव्यापी मानवअधिकारसँग जोडिएका संस्थाहरू हुँदाहुँदै अहिलेको अवस्थामा हजारौँ किलोमिटर टाढा रहेको अमेरिकाले नेपाललाई नै बोकेर अमेरिका लैजान्छ जसरी एमसिसीको विरोध गर्नुको कुनै तुक छैन ।
अहिले पनि अमेरिका लगिदिने हो भने ६ महिनाको बच्चा र ९० बर्षको बुढा बाले पनि म त अमेरिका जान्छु है भनेर डिभी चिठ्ठा भर्ने लाइनमा घन्टौँसम्म उभिने हाम्रा देशका नागरिकले कुन राष्ट्रवादको सपना देखेका हुन् अनि विशुद्ध रूपमा विद्युत् सडकलगायतका पूर्वाधार विकासमा कुनै देशले सहयोग गर्ने कुरा कसरी गलत हुनसक्छ ।
सामरिक महत्त्वका हिसाबले नेपाल पृथ्वीनारायण शाहले भने जस्तै दुई ठुला शक्तिशाली राष्ट्रका बिचमा रहेको छ अन्य आणविक हातहतियार र साम्यवाद र लोकतन्त्रबिचको लडाइँमा अमेरिका र चीनको स्वार्थलाई जोडेर हामीजस्ता अल्पविकसित देशका नागरिकले कुनै वादको पछाडि नलागी आफ्नो समृद्धि र विकास हेर्ने हो भने एमसिसी हाम्रो देश नेपालको विकासको माध्यम बन्न सक्छ । त्यसैले नेपाल सरकारले एमसिसी पास गरेको कुरा स्वागत योग्य छ ।
लेखकको सम्वन्धमा
समिरन चालिसे
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
पहिलाकाे दसैँ
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
जिन्दगी !
धेरै पढिएको
रतुवामाई समाज सम्बन्धी मेरो धारणा
२०८१ मंसिर १७
आवाजविहीनहरूको आवाज बुलन्द गर्न चाहने पालिजा
२०८१ मंसिर १८
पहिलाकाे दसैँ
२०८१ मंसिर २१
साहित्यकार ध्रुव खनालको श्रेय उपन्यास सार्वजनिक
२०८१ मंसिर २१
लेखकको सम्वन्धमा