December 4, 2024, Wednesday
२०८१ मंसिर १९, बुधबार

स्वाधीनता बचाऊ 

राष्ट्रियता र सार्वभौमिकतामा
ग्रहण लागेको छ
आस्था र विश्वास
ढलेको छ धरहरा ढले झैं
ढाँट र छलकपटले
भरिएका घैलाहरू
फुटेका छन् छताछुल्ल
 
भएर सतिसाल पनि हल्लिएको छ जरैसँग
इमान र अस्मिता तुहिएको छ
स्वाधिनता र सवाभिमान
कौडीको भाउमा विकेक‍ छ
कमिसन खोर अनि
दलालहरूका जुँगा ठडिएका छन ।
 
साहस र हिम्मतका अनि
विरोधका स्वरहरू
सडक र सदन दुवैमा
नारा जुलुसका बिच
भागबण्डामा दलाली गर्दै
बिक्री भइरहेछन् ।
 
चट्टानी हिम्मत र अडानहरू
हिउँ झै चिसिएका छन्
बाफ बनी उडिरहेछन्
तिम्रा वाचा र कसमहरू
तिम्रा मूल मन्त्र र ललिपपहरू
वागमतीको किनारामा
पुत्ला दहनसँगै
धुवाँ र खरानीमा
परिणत भइरहेछन् ।
 
तिमी भन्थ्यौ
‘म तेजावी सुन हुँ’ भनेर
तर, खिया लागेको पितल पो रहेछौ
तिम्रा सपनाका
ललिपप र झुटहरू अवसरवाद
अनि छलकपटका षडयन्त्र पो रहेछन् ।
 
तिमीले गरेका सपथ
अनि वाचा र कसमहरू त
राष्ट्रघातको योजना
अवसरवादको विपना
दलाल पूजीवादको
चाकडी सँगै
सहिदहरूको अपमान पो रहेछ ।
 
तिमी आज
जनभावनामाथि
विष वमन गर्दै छौ
परचक्रीलाई हँसाउँदैछौ
पुर्खाको इतिहास
कुल्चदै छौ
पराधीनको आडमा
स्वाधिनता जलाउँदै छौ
राष्ट्रघाती भनेर चिनिने
एमसिसी पास गराउँदै छौ ।
 
सारा जनताले
तिमी को हौ ? को रहेछौ?
भनी चिनिसकेका छन्
तिम्रा सन्तान र
तिम्रै भविष्यमाथि
ग्रहण लागिसकेको छ
तिम्रो सौदावाजीको
हिसाब किताब समयले राख्ने नै छ ।