April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

प्रकृति र मानव

समिरन चालिसे
पाठशाला नेपाल फाउन्डेसन
बागडोल, ललितपुर ।
 
 
मरुभूमिमा हिउँ पर्यो रे
सगरमाथामा कालापत्थर भेटियो
प्रकृति उल्टो हो कि मान्छेको काम उल्टो
कतै यस्तै उल्टाले
धेरै वर्षपहिले जस्तै
डाइनासोरको अस्तित्व मेटियो भने
नदीहरू थुनेर
ड्यामसाइड बनाउँदै जङ्गलका बिचमा
डोजर गुडाई
प्रकृतिलाई हामी चुनौती दिँदै पो छौँ कि
प्रकृतिले हामीलाई चुनौती दिँदै छ
 यस्तै हो भने
आश्चर्य नमाने हुन्छ
 अन्टार्कटिकामा भेटिने पेंगुइन
 सारा मरभूमिमा भेटियो भने
दिनदिनै विश्व तातिरहेको छ
बेमौसममै अतिवृष्टि र अनावृष्टि हुँदै छ
चैत वैशाखमा हुरीसहित
असार साउनमा गर्ज्नुपर्ने मेग
बेमौसममै गर्जिएर
प्रकृति पनि जुनै बेला रुँदै छ
त्यसैले त अचम्म नमाने हुन्छ
प्रकृतिमाथि मानवको कृतिम विजयले
मानवीय अस्तित्वको गला रेटियो भने।