March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

आमा

त्रिलोक यादव
प्रसादी एकेडेमी
कक्षा : ११
 
 
आमा !
चिन्ता नगर्नुस् अब
छोरो केही बन्ने छ ।
ती आँखाबाट भलभल आउने आँसु
झलझल याद आइरहेछ आज
आफू भोकै बसी मलाई खुवाएको ।
भो, पिर नगर्नुस् आमा
मन बलियो बनाउनुस्
हाँस्नुस् र मलाई भरोसा दिनुस्
 
आमा !
तपाईँका सपना
एक दिन पूरा गरौँला
अनि घर फिरौँला
आमाको प्यारो काखमा रमाउँला
आमा र बाको प्रतीक्षा
चाँडै सकिँदै छ
झोलाभरि हजुरहरूका सपना बोकेर
त्यही न्यानो माया खोज्दै
फर्कने छु म
फर्कने छु म ।