शिक्षा

श्री रत्न माध्यमिक विद्यालय, सोल्मा, तेह्रथुम
कक्षा : १२
जति दियो उति बद्ने अमृत हो शिक्षा
अंशबन्डा नखोजिने सम्पती हो शिक्षा
सभ्यता को जननी हो हम्ले लिने शिक्षा
अध्यनशिल बनौ हामी लिउम राम्रो दीक्षा ।
ज्ञान भन्दा ठुलो अर्को कुनै गुरु हुन्न
जो छ्न् शिक्षित उनलाई अप्ठ्याराले छुन्न
शिक्षा एउटा हतियार हो विश्व बदल्नलाई
शिक्षा एउटा आभूषण हो आफू सजिनलाई ।
शिक्षा रुपी अमृतलाई जसले पान गर्छ
अज्ञानताका भवसागर उस्लेपार तर्छ
जरा तितो हुन्छ यस्को फल सधैँ मिठो
विद्या धनम् सर्व धनम् प्रधानम् कस्ले भन्छ ?
झुटो हरण गर्न सक्दैनन् कसैले नि शिक्षा
पढाऊँ लेखाऊँ सन्ततिलाई दिउँ राम्रो दीक्षा
असल शिक्षा दिनसके भविष्य राम्रो बन्छ
सबै शिक्षित बन्न सके देशको विकास हुन्छ ।
झगडाको समाधान गर्छ शिक्षाले नै
विपत्बाट बचाउँछ यही शिक्षाले नै
महामारी नियन्त्रण शिक्षाले नै गर्छ
त्यसैले त हामी सबले शिक्षा लिनै पर्छ ।
लेखकको सम्वन्धमा