Epaper
Contact Us
January 19, 2025, Sunday
२०८१ माघ ७, सोमबार
गृहपृष्ठ
साहित्य
समाचार
शिक्षा
खेलकुद
लेख
प्रतियोगिता
सहभागिता
प्रतियोगिता
साहित्य
हस्तलेखन
चित्र÷तस्बिर
मैले पढेँ
फोटो फिचर
English
साहित्य
राम्रै राम्रो
- लामिछाने मात्रिका
२०७८ मंसिर ११
542 views
आफ्नै गाउँ राम्रो आफ्नै ठाउँ राम्रो ।
नेपाल भन्ने देशको नाउँ झनै राम्रो ।।
हिमाल पहाड राम्रो तराई मधेस राम्रो ।
मेचीदेखि कालीसम्म देश झनै राम्रो ।।
फेवाताल राम्रो बेगनास ताल राम्रो ।
राराताल र च्छोरोल्पा पुग्दा झनै राम्रो ।।
डाँफे मुनाल राम्रो मयूर पङ्ख राम्रो ।
शान्ति प्रतीक परेवाको आँखा झनै राम्रो ।।
राप्ती भेरी राम्रो सप्तकोसी राम्रो ।
चन्द्र–सूर्य अङ्कित झन्डा झनै राम्रो ।।
धोती कुर्ता राम्रा, दौरा सुरुवाल राम्रो ।
ढाका टोपी शिरैमाथि हेर्दा झनै राम्रो ।।
मकालु र मनाश्लु कन्चनजङ्घा राम्रो ।
संसारकै शिर जस्तो सगरमाथा राम्रो ।।
कन्दरा पहरा राम्रो डाँडा पाखा राम्रो ।
सुसाएको झरनाको झङ्कार झनै राम्रो ।।
गढीतीर राम्रो चुरे भावर राम्रो ।
पठार अनि फराकिला टार गह्रा राम्रो ।।
गुर्सिनीको गुराँस राम्रो मखमली राम्रो ।
पहरामा फुलेको त्यो सुनाखरी राम्रो ।।
जनकपुर राम्रो लुम्बिनी झन् राम्रो ।
गौतम बुद्द जन्मिएको ठाउँ कत्ति राम्रो ।।
स्वयम्भू र बौद्ध राम्रो मनकामना राम्रो ।
पशुपति मन्दिरको गजुर उस्तै राम्रो ।।
रीतिथिति राम्रो धर्म संस्कार राम्रो ।
जप तप ध्यान मुद्रा परम्परा राम्रो ।।
अनेकतामा एकताको माला कत्ति राम्रो ।
खेतभरि झुलेको धानको बाला राम्रो ।।
मेलमिलाप राम्रो, सहिष्णुता राम्रो ।
शान्तिप्रिय नेपालीको मन कत्ति राम्रो ।।
आफ्नै भाषा राम्रो आफ्नै धर्म राम्रो ।
संसारमै सबै भन्दा मानब कर्म राम्रो ।।
लेखकको सम्वन्धमा
- लामिछाने मात्रिका
More from author
प्रतिकृया दिनुहोस्
शीर्ष समाचार
सन्दिग्ध
गजल
छन्दका कुरा
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
पहाड
धेरै पढिएको
गजल
२०८१ माघ ४
छन्दका कुरा
२०८१ माघ २
धीरकुमार श्रेष्ठका दुई कृति लोकार्पण
२०८१ माघ १
पहाड
२०८१ पुष २६
सन्दिग्ध
२०८१ माघ ६
लेखकको सम्वन्धमा