म देश रुँदै छु

भन्छौ देश बनौउँछु एकदिन
कुर्सी पाएपछि भुल्छौ सबै भनाइ
किन गर्छौ भ्रष्टाचार ?
म देश रुँदै छु ।।
कहिले सुन्छु लुटपिट काण्ड
कहिले ब्लत्कार
किन रोज्छौ आफ्नै दिदीबहिनीलाई ?
म देश रुँदै छु।।
विकासको नाममा अर्बौं घोटाला गर्छौ
आफ्नै देशका युवती अरूलाई बेच्न खोज्छौ
किन यति बेमतलबी भयौ?
म देश रुँदै छु।।
देश बिगार्नेलाई मर्सिडिज बाँड्छौ
भ्रष्टाचार गर्नेलाई विदेश घुम्ने टिकट
कति लाजमर्दोको कुरा
नारीलाई एउटा प्याडका लागि बाटामा ओराल्यौ
यस्तो अवस्था देख्दा म टुटेको छु
म देश रुँदै छु।।
भन्छौ एम. सि. सि. पारित गराउँछु
सत्ताको दुरुपयोग गर्दै छौ
किन यो हिराको देशलाई कोइला बनाउन खोज्दै छौ
किन आफ्नै आमा अर्काका हातमा सुम्पिने दुष्कार्य गर्दै छौ?
म देश रुँदै छु।।
कस्तो दानवीय छौ?
माहामरीलाई मौका बनाउँदै
देश लुट्दै छौ
कस्तो निर्दयी छौ तिमी
भोकमरीमा मर्दै गरेको सन्तानको भोजन खोस्दै छौ
लाज लाग्दैन यस्तो दुष्कार्य गर्दा?
म देश रुँदै छु।।
पदक दिनेलाई थुना दिन्छौ
थुना दिनेलाई पदक
देश नै चलाउन नआउनेलाई प्रधानमन्त्रीको कुर्सी?
कठै मेरो सौभाग्य
म देश रुँदै छु।।
आफ्नै देशमा रोजगार सिर्जना गर्छु भन्थ्यौ
लाखौँ युवा बिदेसिएर लथालिङ्ग छन्
लाज पनि लाग्दैन ‘विदेशमा रोजगार’ भन्दै प्रचार गर्छौ
म देश रुँदै छु।।
आफूलाई किसानको छोरो भन्छौ
हलो त समत्न आउँदैन
लाखौँ किसान खाना नपाएर मर्दै छ्न्
खै त राहत बाँढेको सरकार ?
म देश रुँदै छु।।
अरूको इसारामा डुल्छौ सधैँ
आफ्नो सुन्छौ कहिले?
देश विकास गर्छौ भन्छौ
आफ्नी आमाको इज्जत गर्न सिक्छौ कहिले?
म देश रुँदै छु।।
याद गर ती सहिदका रगतका थोपाहरू
याद गर ती बलिदान
याद गर ती आमाका दुधका धारा
याद गर ती सङ्घर्षका दिन
जगाऊ फेरि त्यो आफ्नो शक्ति
उठाऊ अवाज; निष्क्रियलाई सक्रिय बनाऊ;
मातृभूमिलाई विकासतर्फ डोर्याऊ
वाचा गर्छु
म देश एक दिन अवश्य हाँस्ने छु
म देश एक दिन अवश्य हाँस्ने छु।।
लेखकको सम्वन्धमा