December 8, 2024, Sunday
२०८१ मंसिर २४, सोमबार

मानसिक वार्डदेखि आजसम्म

मानसिक वार्डमा बितेका ती पलहरू जिन्दगीको यो सफरमा अनेकौँ चुनातीहरू आउछन्। त्यसैगरी मेरो पनि जिन्दगीमा धेरै चुनौती, निरास र असफलताका क्षणहरू आएका छन् । आज म मेरो मानसिक वार्डमा तिन दिन उपचार गर्न गएका साथीहरू र डाक्टरहरूबारे आफ्नो अनुभव भन्न गैरहेको छु। सायद यसलेले तपाईँहरूलाई थप प्रेरणा र हौसला प्रधान गर्ने छ।

म कक्षा ११ मा विज्ञान विषय लिई बायोलोजी अध्यन गरिरहेको थिएँ। तर मलाई १ वर्षको अन्तिममा विज्ञानप्रति रुचि हट्दै गयो। घरायसी झगडाको कारणले म डिप्रेसनको सिकार हुन पुगेँ। म बिस्तारै पढाइमा कमजोर हुँदै गएँ। त्यसपछि एक्लै बस्ने, चुरोटजस्ता पदार्थ सेवन गरी उसैलाई साथी बनाउने गर्न थालेँ । त्यो कलिलो उमेरमा चुरोटको हानीबारे मलाई खासै थाहा थिएन। बिस्तारै घरका सदस्यबाट ताढिँदै गएँ। आफ्नै आमा र बुवासँग झगडा गर्न थालेँ। मैले अर्को कलेज पढ्ने निर्णय गरेँ। त्यहाँ पनि मलाई विज्ञान विषय लिई बायोलोजी पढ्ने रुचि भने पटक्कै भएन ।

म जीवनमा अत्यन्तै निरास बन्दै गएँ । म आत्मा हत्यासम्मको विेचार गर्ने त्यो अन्तिम मुर्खता र असफलताको एक पात्र भनेको थिएँ। यसबारे थाहा पाएर ‘मेरो जिन्दगी मेरी आमा’ले मलाई टिचिङ अस्पतालमा भर्ना गर्नुभयो। चलचित्रमा जस्तै अब मेरो जिन्दगी पनि ब्ल्याक एन्ड ह्वाइट भैसकेको थियो। म यतिसम्मको अवस्थामा पुगिसकेको थिएँ कि रिसबाहेक मेरा शरीरमा केही छैन जस्तो लाग्थ्यो । जब मैले त्यो वार्डमा अन्य साथीहरूको अवस्था देखेँ । ढुङ्गाको मन पनि पग्लेर मत्थर हुन पुग्यो।

मैले अब आफ्ना लागि नभए पनि वार्डमा वहाँहरूको पीडा बुज्ने खोसिस गरेँ। अहिले सम्झन्छु- त्यो दुरावस्थाको मुख्य कारण भनेको सामाजिक सञ्जलको बढ्दो प्रयोग र लागुपदार्थ नै हो जस्तो लाग्छ ।

त्यहाँ मेरो भेट डाक्टर सरोज ओझासँग भयो । उहाँले मलाई निकै नै हौसला दिनुभयो। त्यसैगरी डाक्टर सुदीप अर्याल र देसिस अर्यालले पनि मेरो आत्मबल बढाइदिनुभयो । उहाँहरूले मेरो जिन्दगीको त्यो कालो समयलाई उज्यालाम़ा परिणत गर्नुभयो। डाक्टर रुचिले पनि म र मेरो परिवारसँगको निरन्तर परामर्शले हामीबिचको मनमुटावको दूरी मेटाउनुभयो।

अब भने म मानसिक वार्डका बारेमा केही भन्न चाहन्छु। हाम्रो समाजमा सामान्य निन्द्रा नलाग्दा वा केही समस्या पर्दा हामी डाक्टरकहाँ जाँदा कतै समाजले मलाई पागल पो भन्ने हो कि ? भन्ने एक किसिमको डर हुन्छ । के सबै मानसिक वार्डम़ा भर्ना हुने पागल हुने भए आजम़ यहाँसम्म पुग्दिनथिएँ होला। सायद ममा यस किसिमको सोच नै आउँदैनथियो ।

म मानसिक वार्डलाई केही सुझाव पनि दिन चाहन्छु। त्यहाँ रहेका बिरामीलाई तनावमुक्त गर्न त्यो बार, जेलको वातावरण नबनाई एउटा खुल्ला बगैँचाम़ा राख्दा अझ राम्रो हुन्थ्यो ।

मैले त्यहाँ हुँदा त्यहाँका सम्पूर्ण मानिसहरूसँग कुरा कानी गरेँ। म २ दिन बिहान सङ्गीत र नृत्यमार्फत अन्य बिमारीहरूलाई तनाबमुक्त गर्न सफल भएँ। यसो विचार गर्दा यो मानसिक समस्या दूर गर्न प्राकृतिक सङ्गीत र प्रकृतिको अवलोकानबाट अझ प्रभवकारी रुपले कम गर्न सक्छ । म न त कुनै डाक्टर हुँ तर मेरो अनुभवनअनुसार आश्रम वा जङ्गलम़ा गई त्यहाँको शान्त वातावरणबाट पनि यो समस्या समाधान गर्न सहयोग मिल्छ ।

३ दिनको मानसिक वार्डको बसाइपछि म घर आइपुगेँ । त्यसपछि अध्ययनमा मेरो १ वर्ष ग्याप भयो। मैले त्यो वर्ष पोखरालगायतका सुन्दर प्रकृतिसँग समय बिताएँ। साथै धर्म साधनातिर पनि लागेँ। मैले केही समय जागिर खाएँ तर पनि मन मानेन। मैले खरिदार र प्रहरी जवानका लागि तयारी गरेँ । त्यसमा पनि मन रमाएन ।

हैट, यो बेचैन मन। त्यसपछि म मानसिक समस्याबारे अनुसन्धान र खोज गर्न थालेँ। बिस्तारै समय फेरि सुनौलो हुन थाल्यो। यस समयमा म निकै नै परिवर्तन भैसकेको थिएँ। त्यसपछि केएमसीमा कानुन सङ्कयमा फुल छात्रवृत्तिमा अध्यन गर्ने मौका पाएँ। विज्ञानमा दिउसै तारा देख्नेले भने अब कानुनको परिक्षामा राम्रो अङ्कका साथ छात्रवृत्तिमा पढ्न थाल्यो।

भन्छ्न नि, “उपर वाले जब बि देता, देता छपर फारके ।” त्यसरी नै जिन्दगी फेरि चलिरहेको थियो । लकडाउनबाट भने मेरो कलमको यात्रा सुरु भयो। अझै पनि गोविन्द आचार्य जी, बारखरीका सम्पादक जिउलाई मेरो यो यात्रामा हौसला र साथ दिएको गुण कहिल्यै बिर्सिने छुइन। अहिले भने म , प्रेरणादाइ भाषण दिने गर्दछु ताकि मजस्तै युवाहरू मेरैजस्ता समस्यामा न परुन् । यसरि एउटा मानसिक वार्डले मेरो जिन्दगि नै कायापलट भएको छ।