भट्टराई कुलवंश प्रतिष्ठानको केन्द्रीय महाधिवेशन
परासर भट्टराई
सहसचिव
भट्टराई कुलवंश प्रतिष्ठान
विराटनगर महानगर समिति
यही २०७७ साल चैत्र २० -२१ गते भट्टराई कुल वंश प्रतिष्ठान केन्द्रीय समितिको पोखरामा नवौ महाधिवेशन हुंदै छ । भट्टराई परिवारको महान् पर्वका रूपमा ठानिने सो महाधिवेशनले के कस्ता गतिविधि अगाडि बढाउँदा ठिक होला ? वर्तमान चुनौतीहरू के के छन् ? यस लेखमा नेत्रृत्व चयन कसरी गर्दा उपयुक्त होला भन्ने विषयमा सामान्य विवेचना गर्ने पर्यत्न गरिएको छ ।
समय परिवर्तनशील छ । समयको परिवर्ततनसुगै भट्टराई परिवारले पनि आफ्नो कुलको रक्षार्थ बनिने कुल मन्दिर र त्यसको नेतृत्व चयनमा अपनत्व चाहेका छन् । विभिन्न सामाजिक सङ्घ संस्था तथा सरकारी उच्च ओहदामा रहेका भट्टराई परिवारले पनि यसका गतिविधिलाई नजिकबाट नियाल्न चाहेको देखिन्छ। तसर्थ सम अनुकूल परिवर्तन गरेर वंशावली निमार्ण प्रविधीमैत्रीसँगै सम्पूर्ण भट्टराई परिवारको अपनत्व हुने गरी नेतृत्व चाहेका छन्। त्यसलाई महाधिवेशन भइरहँदा त्यसको प्रतिनिधित्व गर्नेले बुझ्न जरुरी छ । आजको अवस्थामा सबै भट्टराई परिवार तथा त्यसको सङ्गठन चलाइरहेका व्याक्तित्वले बुझ्नै पर्ने कुरा हो- भट्टराई परिवारको एकता। भाषागत रूपमा हामी जसरी चर्चा गरे पनि परिवारका विभिन्न सङ्गठन र आपसी समन्वयको कमी रहनु भनेको एकताको अभाव नै हो । जसलाई कसरी र कुन मानेमा हुन्छ, सबै भट्टराई परिवारले विश्वास गर्न सक्ने गरी एकताको आभास दिलाउनै पर्दछ । त्यसका लागि भट्टराई कुलवंश प्रतिष्ठानप्रति सबैको चासो पनि छ । विश्वभरका भट्टराई परिवारलाई समेट्न चाहने भट्टराई परिवारको धरोहा कुलवंश प्रतिष्ठानले आफ्नै देशभित्र अनेकौँ सङ्गठन निमार्ण गर्नको सट्टा सबैलाई समेट्न सक्ने गरीको एजेन्डामा छलफल र वहस चलाउनै पर्दछ । त्यसको अगुवाइसमेत यसै प्रतिष्ठानले गर्न सक्तछ । त्यसको विकल्पसमेत छैन । जुन महाधिवेशनको ध्यान खिचियोस् भन्ने भट्टराई परिवारको माग छ । एकतालाई मूल एजेन्डामा राखेर अगाडि बढ्दा सकभर एकता सङ्गठनात्मक नै गर्न अघि बढ्न नसके व्यावसायिक एकतामा जानै पर्दछ। जसले सबै भटराई परिवारलाई राहत दिन सक्ने अवश्य देखिन्छ । त्यसैगरी नेतृत्व चयन गर्दा जसले एकता अभियानलाई प्रभावकारी बनाएर लैजाने प्रताद्धता गर्दछ । जसले समग्र भटराई परिवारको हितमा निश्वार्थ काम गनर् प्रताद्धता गर्दछ, उसैलाई नेतृत्व दिन सबैले तयार बन्नै पर्दछ ।
यसरी समग्र भट्टराई परिवारको प्रतिनिधित्व गरेर सम्पूर्ण भट्टराई परिवारलाई एकताको मालामा गाँसेर भटराई परिवारको हितमा पच्चिसौँ वर्षदेखि लागेको भटराई कुलवंश प्रतिष्ठान केन्द्रीय कार्यालय दमक, झापाले आगामी दिनमा परिवारको कुलको रक्षार्थ हरेक गतिविधि अगाडि बढाउन आधुनिकीकरण गर्दै सम्पूर्ण भटराई परिवारजनको भावनालाई आत्मासात् गरेर अगाडि बढेमा संस्थाको नवौँ महाधिवेशन फलदायी र ऐतिहासिक दस्तावेज बनेर सयौँ वर्षसम्म सबै परिवार सदस्यलाई शिक्षा बन्न सहयोगी हुने छ ।
चुनौती र समाधानका उपायहरू
– सङ्गठनात्मक एकता नभएर विभिन्न नाममा एकै परिवारका केन्द्रीय कार्यालय रहनु
– केन्द्रीय कार्यालय सबै भूगोललाई समेट्न सक्ने गरी केन्द्रमा नरहनु
-युवा वर्गले कुल र त्यसको रक्षार्थ चासो नदेखाउनु
– कुलभित्र रहेका विद्वत वर्गको खोजी गरिनुको सट्टा सकभर पाखा लगाएर संस्थालाई अगाडि बढाउन पहल नहुनु
– धर्म, संस्कार र संस्कृतिलाई कुल रीतिरिवाजअनुसार नगएर आफुखुसी प्रयोग गरिनु
-बढ्दो प्रविधिको प्रयोग नहुनु आदि ।
समस्या समाधानका उपायहरू
– प्रविधीमुखी क्रियाकलाप सञ्चालन गर्ने
-नेतृत्वमा बौद्धिक वर्गलाई समेटेर जिम्मेदारी प्रदान गर्ने
-एकता अभियानलाई भरपूर अगाडि बढाउने
-व्यावसायिक तथा सङ्गठनात्मक एकतामा पहल गर्ने
-कुलधमॅ र परम्पराअनुसार कुलका गतिविधि अगाडि बढाउने
-युवावर्गलाई जिम्मेदारी दिँदै अगाडि बढ्ने।
जय कुल देवता !
लेखकको सम्वन्धमा