जनताको आवाज

निशा रोका मगर
कक्षा ११
मनोहर मावि, काठमाडौ ।
राजतन्त्र अन्त्य भए पनि हटेन अत्याचार दिनदिनै बढ्दै गयो हाम्रा देशमा भ्रष्टाचार एकअर्कालाई लडाउन नेताहरू निकाल्छन् जुक्ति अन्यायमा परेका जनताले कहिले पाउँछन् मुक्ति ? देश विकास गर्छौँ भन्दै माग्न आउँछन् भोट पैसाजति खाएर सरकारलाई लगाउँछन् खोट कुर्सी ताक्ने नेताहरू भुल्न थाले नेपाल देश सिक्न थाले विदेशीको इसारा, भाषा र भेष । हाम्रा सबै अधिकार कागजमा सीमित भए शक्तिसाली देश बनाउँछौँ भन्ने नेता कता गए दु:ख गर्ने गरिब जनता इनाम नेताले पाए पाएजति सबै एक्लाएक्लै खाए । पढ्ने उमेरका बालकहरू गर्छन् कामधन्दाहरू देखिदैनन् कतै पनि कुर्सीका ती अन्धाहरू वृद्धहरू छन् आश्रमतिर युवाहरू विदेशतिर भन्दै छन्- नेताहरू हाम्रो छ उच्च शिर ।
लेखकको सम्वन्धमा