गजल

धेरै लामो निन्द्रा सुत्यौ जाग्ने बेला भयो अब खोसिएका अधिकार माग्ने बेला भयो । अब हाम्रो प्यास मेटाउन खोला आफै धाउँदैन उद्देश्यमा चन्द्रराखी भाग्ने बेला भयो अब ।

चाला उहीँ पारा उहीँ नाम मात्र फेरिएको जनताले नौलो बाटो लाग्ने बेला भयो अब । मर्दा लाने घाट उस्तै पाउ राख्ने माटो उस्तै जातपात छुवाछुत त्याग्ने बेला भयो अब । धनसुँग मन जोख्दा तराजुमा मुटुहरु अन्यायको सीमारेखा नाग्ने बेला भयो अब ।
लेखकको सम्वन्धमा