February 26, 2024, Monday
२०८० फाल्गुन १५, मंगलवार

सातो हल्लैले लयो

पसेको छ काल जगतमा नाम कोरोना धरी
बाघझैं गर्जनेहरु पनि यहाँ कापिँरहेछन् थर्थरी
निवारण केही देखिँदैन कतै हल्ला अचाक्ली भयो
कालले भन्दा पनि धेरै यहाँ सातो हल्लैले लयो ।
 
लौ सक्छौ त उपाय खोजी गर भनी सबको छ एउटै स्वर
विज्ञानको शिखरै छोएकाको पनि, लागेन केही जोर
थाके सारा हस्तीहरु, भए रुझेका बिराला सरी
एउटै मात्र चिन्ता छ सबको मन महाँबाँच्ने हो कसो गरी ?