May 14, 2025, Wednesday
२०८२ जेष्ठ २, बिहीबार

लकडाउन





कोरोनाले किन आज गर्यो यस्तो साहस
ती दु:खीलाई पनि होला हात मुख जोर्ने चाहत ।।
 
गरौँ भने लकडाउनमा केही छैन काम
ज्यालादारी मजदुरलाई खान छैन माम।।
 
कोरोनाको गति हेर्दा विश्व रुन्छ आज
दीन दुःखीको पीडा रुन्छ मानव बस्ती माझ ।।
 
एकातिर कोरोनाले मान्छे मरेका छन्
आर्कातिर भोकभोकै बिजोग भएका छन् ।।
 
दिन्छु अब ती दुःखीलाई सहयोग र साथ
मलम दल्न बढाउँछु अघि मेरा हात ।।