सामुदायिक विद्यालय अभिभावक सङ्घ बागमती प्रदेश समिति गठन
साउन १० गते आयोजित जुम मिटिङ्मा सामुदायिक विद्यालय अभिभावक सङ्घ बागमती प्रदेश समिति गठन भएको व्यहोरा सार्वजनिक गरिएको छ ।
सामुदायिक विद्यालय अभिभावक सङ्घका राष्ट्रिय अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षता र सङ्घका राष्ट्रिय महासचिव बद्रीप्रसाद तिवारीको सञ्चालन साथै प्रदेशभरिका ३५ जना प्रतिनिधिको उपस्थितिमा जुमभेला सम्पन्न भयो ।
सो भेलामा अभिभावक महासङ्घका केन्द्रीय संयोजक सुप्रभात भण्डारी र धर्मदत्त देवकोटाले प्रमुख अतिथिका रूपमा शुभकामना मन्तव्य प्रकट गर्नुभयो ।
भेलामा ८ जना पदाधिकारी, १३ जना जिल्ला प्रतिनिधि सदस्य तथा ७ जना महिला, जनजाति तथा अन्य गरी २८ जना (२ जना पछि थप्ने गरी) को समिति गठन गरियो ।
सो समितिमा अध्यक्ष मधुकुमार चालिसे (ललितपुर), सहअध्यक्ष गोकर्ण रुपाखेती (धादिङ) उपाध्यक्ष प्रेमबहादुर खड्का (भक्तपुर), महिला उपाध्यक्ष पवित्रा श्रेष्ठ (रामेछाप), सचिव ध्रुवप्रसाद चौलागाईं (मकवानपुर) महिला सचिव कमला खनाल कोइराला (काठमाडौँ), कोषाध्यक्ष रामेश्वर पौडेल (भक्तपुर), सहकोषाध्यक्ष लक्ष्मी अधिकारी (काभ्रे), सदस्यहरु विष्णुहरि खतिवडा (सिन्धुली), राजनारायण श्रेष्ठ (रामेछाप), रामप्रसाद सापकोटा (दोलखा), मेघराज सापकोटा (सिन्धुपाल्चोक), मदनराज भेटवाल (काभ्रे), चन्द्रप्रसाद अधिकारी (भक्तपुर), डा. किरणकुमार जोशी (ललितपुर), वासुदेव अधिकारी (काठमाडौँ), कुलप्रसाद लामिछाने (रसुवा) रामप्रसाद ढकाल (नुवाकोट), नरहरि महत (मकवानपुर), अरुणकुमार लामा (धादिङ), रामकृष्ण ढकाल (चितवन) सर्वसम्मतबाट निर्वाचत हुनुभएको छ ।
यसका साथै राजभाइ जयना (भक्तपुर), मीना उप्रेती (मकवानपुर), रोहित सुब्बा (भक्तपुर), तारादेवी कार्की (रसुवा), कविदास धौवजी (भक्तपुर) सदस्यमा मनोनित हुनुभएको छ भने सदस्यका दुई पद खाली रहेका छन् ।
आजको यस जुम भेलामा उपस्थित प्रमुख वक्ताहरुद्वारा शुभकामना मन्तव्य प्रकट गर्दै आगामी दिनमा देशभरका सम्पूर्ण सामुदायिक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरुमा जनचेतना अभिवृद्धि गर्दै गुणस्तरीय र जीवनोपयोगी शिक्षा विकासमा नवगठित समितिद्वारा उल्लेख्य योगदान पु¥याउनुपर्ने विचार व्यक्त गरियो ।
प्रतिकृया दिनुहोस्