April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

गजल

 सूर्यको तेज के ? ज्ञानको तेज समाहित गुरु
अटल सगरमाथा निर्भीक हिमाल हो गुरु।

फलेकै वृक्ष दान ज्ञान सबलाई दिइरहको,
गम्भीर समुद्र समाहित गरिरहेको गुरु।

चन्द्र शीतल के ? शीतल छाहारी जसमा,
माता,पिता, सखी अनि परब्रम्हसमेत गुरु।

गङ्गा के पवित्र ? पवित्र आशीर्वाद सधैँ
दिइरहने उज्ज्वल भविष्यका निम्ति गुरु।

छैन रिस, राग, द्वेष कहिल्यै कसैसँग पनि,
धैर्य, सौर्य सदा सुखी सन्तोषी नमन मेरा सत् गुरु ।