April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार

हाइकु

नेत्रबहादुर श्रेष्ठ

जीवनदान
दिने स्वास्थ्यकर्मी नै
 हुन् भगवान ।
 
सुरक्षाकर्मी
छन् देश जनताका
सीमा रक्षक ।
 
सत्य सूचना
छर्ने सञ्चारकर्मी
हुन् बफादार ।
 
त्रिरत्न सबै
देशका नागरिक
गरौँ नमन।