February 10, 2025, Monday
२०८१ माघ २८, सोमबार

आयो सोच्ने दिन

जानुकादेवी ढुंगेल

कोरोना बढी यो विश्व भरी नै, पारि र’छ थरथरि ।
लिपुलेक विवाद ता थपिदियो, नेपालमा येही घरि ।।
लकडाउन पालना गर्ने कि उता, जानु हो र्‌यालीतिर।
जे भए नी पिडा हुने कुरा इ हुन, दुखैदुख आखिर ।।
 
हे सज्जनहरु हो विचार गर न, रक्षा गर देशको ।
आफ्नो माटो जोगाउ मिलिजुली, छ मूल्य धेर तेसको ।।
वाद्विवाद् नगरी सबै अघि सरि, जनताको मत ख्याल गर।
आलेटाले गरि भयो मनपरी, पाउदैनौ फेर भोट तर  ।।
 
अर्थ तन्त्र पनि  बिचार गर है, डुब्दै छ विश्व सबै ।
भोलि मानिस ता भुकु भुकु, होलान् खानेकुरा नि नभई ।।
औषधि पानी कुरा गए कता, त्यो अन्नपानी  कठिन।
संसद्‌मा झगडा गरि नबस है, आयो अब सोच्ने दिन ।।